काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा तेस्रो पटक कलेजो प्रत्यारोपण सफल भएको छ।
प्रत्यारोपण सर्जन डाक्टर रमेशसिंह भण्डारीकाे टाेलीले प्रत्याराेपण गरेकाे हाे।
५२ वर्षे बाबुलाई २७ वर्षको छोराले कलेजो दिएका हुन्।
यसअघि जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालले शुक्रबार तेस्रो पटक सफल प्रत्यारोपण गरेकाे जनाएको छ।