चितवन- उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा आइतबार तोडफोड गरेका छन्।
तोडफोडका कारण अस्पतालमा क्षति पुगेको छ भने बिरामी उपचारबाट बञ्चित भएका छन्। आक्रोशित भिडले अस्पतालमा आक्रमण गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो।
नाकको समस्याको उपचारका लागि अस्पताल ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा मृत्यु भएको हो।
अस्पताल तोडफोड गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तोडफोड गर्नेविरुद्ध अस्पतालले प्रहरीमा जाहेरी दिएको छ।
हेरौं भिडियो