काठमाडौं - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को यसअघि रोकिएको एमडी/एमएस/एमडिएस तहको प्रवेश परीक्षा ९ गते शनिबार हुने भएको छ।
यअसघि २ गते हुने भनिएको परीक्षाा न्याम्सका सहकुलपति उपप्रधान एवं स्वास्थ्य तथा जवनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशन अनुसार स्थगित भएको थियो।
न्यामस्ले सोमबार सुचना जारी गर्दै स्थगित परीक्षा ९ गते गर्ने जानकारी दिएको हो।
यसबर्षका लागि नेपाल मेडिकल काउन्सिलले एमडी/एमडीएमएसतर्फ ११५ र डिएम/एमसीएचतर्फ २१ सिट निर्धारण गरेको छ।
जसमा एमडीरएमडीएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ।
त्यसैगरी पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ।
डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ।
त्यसैगरी, एमसिएचतर्फ न्युरो सर्जरीमा २, प्लास्टिक सर्जरीमा २, थोरासिक एण्ड भास्कुलर सर्जरीमा २, युरोलोजी २ सर्जिकल गाइनोकोलोजीमा १ सिट तोकेको छ।
यस वर्ष एमडीएसतर्फ विभिन्न विद्याका लागि ७ वटा सिट निर्धारण गरेको छ ।
