काठमाडौं- पूर्वसभासद गायत्री साह दम्पत्तिले मेडिसिटी अस्पतालविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेका छन्।
साह दम्पत्तिले अस्पतालको समयमा नै गर्भमा रहेको बच्चाको विषयमा अस्पतालले जानकारी नदिँदा डाउन सिन्ड्रोम भएको बच्चाको जन्म भएको भन्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
उनीहरुले बच्चाको उपचार खर्च दिने विषयमा अस्पतालले मौखिक सहमति जनाएको भएपनि हालसम्म नदिएको दाबी गरेका छन्।
उच्च अदालत पाटनले कात्तिक ३ गते मात्र साह दम्पत्तिलाई अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन आदेश दिएको थियो।
उक्त आदेशपछि साह दम्पत्तिले अस्पतालविरुद्ध क्षतिपूर्ति माग्दै मद्दा हालेका हुन्।



