काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेश्रो सिनेट बैठक बसेको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मंगलबार सिनेट बसेको हो।
सिनेटले गत आर्थिक वर्षको प्रतिष्ठानको आम्दानी र खर्चलाई अनुमोदन गर्दै चालु आर्थिक वर्षका लागि ८० करोड ५ लाख ८५ हजार रुपैयाँको बजेट स्विकृत गरेको छ।
बैठकमा हालै मात्र नेपाल मेडिकल काउन्सीलको सिफारीसमा चिकित्सा शिक्षा आयोगबाट स्नातकोत्तर (एम.डि∕ एमएस) कार्यक्रमका लागि विभिन्न ६ बिधामा गरि १७ सिट पाएको विषयमा पनि प्राज्ञिक जिम्मेवारी दिने लगायका विषयमा निर्णय गरेको छ।
बैठकमा प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धि बहादुर थापाले प्रतिष्ठानका विगतका गतिविधि सहित भावकी कार्ययोजना प्रस्तुत गरेका थिए।
बैठकमा प्रतिष्ठानका सहकुलपति उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, उपकुलपति थापा, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, राष्ट्रिय योजना आयोगकी सदस्य डा उषा झा, चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, स्वास्थ्य सचिव खगराज बराल, शिक्षा सचिव महेश प्रसाद दाहाल, अर्थ सहसचिव झक्क प्रसाद आचार्य लगायतको उपस्थिती थियो।