काठमाडौं– गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित भएका छन्। उनीहरुले कलेजमा तालाबन्दी गरेका छन्। कलेजका प्रधानाध्यापक रविन्द्रप्रसाद श्रेष्ठले गैरजिम्मेवारीपन र अमार्यदित अभिव्यक्ति दिएको विद्यार्थीहरुको आरोप छ।
उनीहरुले प्रथम वर्षका ८–९ जना विद्यार्थीको मात्र परीक्षा लगेर र अरु बाँकी ८६ विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको बताएका छन्।
पीडित विद्यार्थीमध्येका एक अनित सिन्हाका अनुसार कलेजको विभेदकारी व्यवहारका कारण आन्दोलित हुनुपरेको बताए। उनले अहिलेसम्म प्रयोगात्मक परीक्षा पनि नगराइएको जानकारी दिए।
साथै मेडिकल कलेजका विद्यार्थीले यसप्रकारको गैरकानुनी, गैरजिम्मवार, गैर नैतिक व्यक्तिलाई नेपाल मेडिकल काउन्सिल लगायत निकायले यथाशीघ्र कारबाही गर्नुपर्ने माग गरेका छन्।
भोलि १ बजे उनीहरुले मास्क र्याली गर्ने भएका छन्। यसअघि विद्यार्थीले कलेजले बढी शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका थिए। तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका थिए।