काठमाडौँ– आज राजधानीमा आयोजित एक कार्यक्रममा सरोकारवाला तथा बुद्धिजीविहरुले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका बारेमा चासो व्यक्त गरेका छन्। उनीहरुले व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा चासो कम भएकोमा चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै नेपाल टे«ड युनियन महासंघ(जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीका अनुसार औद्योगिक दुर्घटना ९० प्रतिशतसम्म रोक्न सकिन्छ भने १० प्रतिशत रोक्न नसकिने हुन्छन्। उनले युनियनले रसायनिक खतराबाट बच्नको लागि सुरक्षाको उपाय सोच्ने, खतरामुक्त कामको सूची तयार गरी जानकारी दिने, क्षतिपूर्ति दिलाउनको लागि पहल गर्ने कामहरु गर्ने बताए।
त्यसैगरी रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वरिष्ठ कारखाना निरिक्षक सुजन जोजिजुले धेरैले व्यवसायजन्य रोगका बारेमा नबझुेको बताए। उनले धेरैलाई सुरक्षासम्बन्धीका ज्ञान नभएको र अझैपनि बालश्रमको घोषणा गरिएपनि धेरै ठाउँमा बालबालिकाको प्रयोग भइरहेको बताए। उनले भने ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका लागि टे«ड युनियन,रोजगारदाता ,नागरिक समाज मिलेर काम गर्नुपर्छ।
कार्यक्रममा बोल्दै नेपाल टे«ड युनियन कँग्रेसका महासचिव विदुर कुँवरले व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा खर्चलाई रोजगारदाताले लगानीको रुपमा हेर्नुपर्ने बताए।उनले कामदारको स्वास्थ्यको लागि सुरक्षित कार्यस्थल हुनुपर्ने, सफा पानी हुनुपर्ने, बालबच्चाको लागि अनौपचारिक शिक्षाको व्यवस्था हुनुपर्ने तथा जनचेतना जगाउनु पर्नेमा जोड दिए।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्ययनकर्ता पुर्ण दुवालले इँटा भट्टाका कामदारहरुको स्वास्थ्य र सुरक्षा विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेका थिए। राजधानीको काठमाडौँ उपत्यकामा नै केन्द्रित रहेर गरिएको अध्ययनमा काठमाडाँैँका ५, ललिपुरका ५ र भक्तपुरका १० ओटा इँटाभट्टालाई नमूनाका रुपमा लिइएको छ।
उनका अनुसार औपचारिक क्षेत्र भएता पनि मजदुरहरुको संगठन नभएको र राज्यको पनि नजर इँटाभट्टाका मजदुरमा परेको छैन। धुलो र धुँवाको समस्या, शौचालयको राम्रो प्रबन्ध नभएको, सिधै धाराको पानी खाने, माक्स,पञ्जा जस्ता सुरक्षाका कुरा नअपनाइएको, कार्यस्थल सुरक्षित नभएको, मेरुदण्ड सम्बन्धि समस्या धेरै भएकोले मजदुरहरुको स्वास्थ्य जोखिममा पर्दे गएको जानकारी गराए।
व्वसायजन्य स्वास्थ्य र सुरक्षा भनेको कुनै पनि पेशा वा व्यवसायको प्रकृति अनुसार कार्यथलोमा काम गर्दा श्रमिकहरुको स्वास्थ्यमा पर्ने शारिरीक, मानसिक वा जोखिमयुक्त असुरक्षित वातावरणलाई घटाउँदै स्वस्थ्य र सुरक्षित वातावरण स्थापित गर्न विकसित भएको अवधारणा हो।
अन्तराष्ट्रिय श्रम संगठनको तथ्यांक अनुसार संसारभर करिब २ करोड ५० लाख २५० कामदारहरु व्यवसायिक दुर्घटनामा पर्छन्। त्यसैगरी करिब एक करोड ६० लाख १६० श्रमिकहरु व्यवसायिक रोगको शिकार भएका छन्। साथै करिब १ करोड १लाख कामदारको व्यवसायिक दुर्घटना तथा रोगबाट मृत्यु हुन्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने वार्षिक करिब २००० कामदारहरु कार्यस्थलको कारण दुर्घटनामा पर्छन् जसमा २०० कामदारको मृत्यु हुने गर्दछ।