काठमाडौं- नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा दीलिप शर्माको चार वर्षे कार्यकाल सकिएको छ।
डा शर्माले आजबाट काउन्सिल रजिष्ट्रारबाट बिदा लिएका हुन्। उनले चार वर्ष अघि आजकै दिन उक्त पदको जिम्मेवारी सम्हालेका थिए।
काउन्सिलमा रहँदा धेरै सुधारका काम गर्ने अवसर मिलेको डा शर्मा बताउँछन्।
काउन्सिलका तत्कालिन अध्यक्ष डा धर्मकान्त बास्कोटासहित काउन्सिलका कार्यकारिणी सदस्यहरु र कर्मचारीहरुको सहयोगका कारण काउन्सिललाई भरोसायोग्य र बलियो संस्था बनाउन सकिएको उनले जानकारी दिए।
काउन्सिलबाट बिदा हुने समयमा डा शर्माले यस्तो लेखेका छन्:
