काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएकाे छ। उनलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रमलाई नियमित फलोअपका लागि लगिएको बताएका छन्।
उनलाई पाैने १० बजे अस्पताल लगिएकाे अस्पताल स्राेतले जनाएकाे छ।
याे भन्दा पहिले उनलाई ग्राण्डीमै मुटु जाँचका लगि लगिएकाे थियाे।
१३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँच गरिँदै आएकाे छ।
दुई महिना अघिमात्रै ओलीको सिङ्गापुरमा प्लाज्माफेरेसिसबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।