काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालमा पहिलो चरणको डायलाइसिस गरिएको छ।
मिर्गौलाले एक्कासी काम गर्न छाडेपछि आकस्मिक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीको पहिलो चरणको डायलाइसिस दिउँसो २ बजे नै गरिएको अस्पतालमा कार्यरत एक चिकित्सकले जानकारी दिए। उनका अनुसार प्राधानमन्त्री ओलीलाइ थप २ चरणको डायलाइसिस गर्नुपर्ने हुन्छ।
प्रधानमन्त्री ओलीलाइ अस्पतालको १४औं तलामा रहेको आसियुमा राखिएको छ।
उनी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको र भोलिसम्ममा डिस्चार्ज हुने दाबी गर्दै बुधबार साँझ मात्र अस्पताल र प्रधानमन्त्रीकी निजी चिकित्सकद्वारा संयुक्त विज्ञप्ति निकालिएको थियो।