काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शैक्षिक उपाधि नभएका तर क्षमता अभिवृद्धि गर्न लिएका फेलोसिप कार्यक्रम दर्ता नगर्ने भएको छ।
विभिन्न सरोकारवाला निकाय, विशेषज्ञलगायतसँगको छलफल, राय परार्मश पश्चात आएका सुझाव अनुसार यस्तो फेलोसिप कार्यक्रम दर्ता नगर्ने निर्णय गरेको काउन्सिलको भनाई छ।
नेपाल र बाहिरबाट कुनै पनि अवधिभर नन् एकेडेमिक फेलोसिप कार्यक्रमहरु नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्दै आइरहेकोमा यस्ता प्रकारका कार्यक्रम शैक्षिक उपाधि नभएको र केवल स्कील ट्रान्सफर तालिम मात्र भएकोले दर्ता नगर्ने निर्णय गरिएको हो।
काउन्सिलले सूचना जारी गर्दै यसभन्दा अघि हालसम्म दर्ता भएका फेलोसिप कार्यक्रमहरु पनि कुनै विशेषज्ञ शैक्षिक डिग्रीको उपाधी नभई तालिमको रुपमा मात्रै दर्ता गरिएको जनाएको छ।
काउन्सिलले कात्तिक ८ गते सूचना जारी गरेको मिति पश्चात् फेलोसिप कार्यक्रम अध्ययन गर्न सुरु गर्नेहरुको दर्ता नहुने तर सूचना जारी हुने दिनसम्म मात्र फेलोसिप कार्यक्रम सुरु भई आफुले फेलोसिप अध्ययन पुरा गरेको प्रमाणपत्र लिई आएकाहरुको पूर्ववत् दर्ता हुने काउन्सिलले स्पष्ट पारेको छ।
.jpg)