काठमाडौं- युवा चिकित्सक संघ नेपालले नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेकाे छ। संघले काउन्सिलका अध्यक्ष, उपाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा ताला लगाएका हुन्।
तालासँगै उनीहरुले आफ्ना माग पनि ढोकामा टाँसेका छन्।
संघले नेपालका मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक, मानसिक र विभिन्न प्रकारका शोषण हुदै आएकाे बताएकाे छ।
पछिल्लो उदाहरणका रुपमा सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको र शुल्क फिर्ताको माग गर्दा युनिभरसल मेडिकल कलेज तथा विरगञ्जकाे नेशनल मेडिकल कलेजका विद्यार्थीलाई कलेज व्यवस्थापनले बन्धक बनाएको घटना प्रति संघले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
नेपाल सरकारले दिएको निर्देशनको अवज्ञा गर्ने, चिकित्सा शिक्षा आयोगको नियम कानुन पालना नगर्ने, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयको नियम नमान्ने र विद्यार्थीहरु माथि अमानवीय व्यवहार तथा दमन गर्ने युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गर्न युवा चिकित्सक सघंले जोडदार माग समेत गरेकाे छ।
संघका केन्द्रय सचिव डा रविन्द्र बस्नेतका भन्छन् 'सम्बन्धित निकायले ध्यान र चासाे नदिएसम्म काउन्सिलमा ताला लागिरहने छ। हामीले यस विषयप्रति दबाबका लागि याे कदम चालेका हाैँ,समस्या सामाधान नभएसम्म आन्दाेलनका अरु कार्यक्रम पनि गर्नेछाैँ।'
