काठमाडौं- नेपाल नर्सिङ एसोसिएसन (नान) को यहि पुस ९ गते हुने निर्वाचनमा मंसीर ९ गतेसम्म दर्ता भएका सदस्यहरुले मात्र मतदान पाउने भएका छन्।
कार्तिक १५ गते बसेको संघको १९औँ कार्यसमितिको बैडकले मंसीर ९ सम्म दर्ता भएका नर्सिङ सदस्य मतदाता नामवलीमा समावेश हुने निर्णय गरेकाे हाे।
हरेक तीन वर्षमा हुनुपर्ने एसोसिएसनको निर्वाचन पाँच वर्षपछि मात्र हुन लागको हो। नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले देशभर एकै दिन निर्वाचन गर्ने निर्णय गरेको बताइन्।
उनले भनिन, ‘सबैलाई काठमाडौं बोलाएर गर्न अलि अप्ठ्यारो छ, त्यसैले देशभर मतदान केन्द्र तोकी मतदान गर्ने व्यवस्था मिलाउछौं।’
सम्पूर्ण नर्सको छाता संगठनको रुपमा रहेको संघले नर्सका समस्या, पेसागत अप्ठाराहरुलाई उठाउन नसकेको र राजनीतिक दबाबमा पर्ने गरेको आरोप लाग्दैआएको छ।
लामो समयसम्म नानको निर्वाचन हुन नसक्दा विभिन्न आलोचना समेत हुन थालेको थियो। नान नेतृत्वले राजनीतिक दबाबमा कतिपय नर्सका एजेन्डालाई उठाउन नसक्दा युवा नर्स असन्तुष्ट बन्दै आएको बताइन्छ।
नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ८९ हजार ७ सय ८७ नर्स दर्ता भइसकेका छन्। तर यो तथ्यांक हेर्दा नानमा हालसम्म जम्मा ११ हजार ४१ नर्सले मात्र सदस्यता लिएका छन्।
यो तथ्यले अहिले पनि नानले युवा नर्सहरुलाई संस्थाप्रति विश्वस्त र आकर्षित गर्न नसकेको देखिन्छ। भएका सदस्य पनि नानले अपेक्षाअनुसार काम नगरेको गुनासो गर्ने गर्छन्।
.jpg)