काठमाडौं- अवैध रुपमा उठाइएको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बुधबारदेखि हुन लागेको एमबिबिएस र बिडिएसको परीक्षा स्थगित गरेको छ।
आन्दोलनका लागि उपत्यकाबाहिरका विद्यार्थी काठमाडौं आएपछि आइओएमले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै परीक्षा स्थगित गरेको हो।
आइओएमले विशेष कारण देखाउँदै स्थगित गरेको परीक्षाको नयाँ सूचना छिट्टै निकाल्ने पनि जनाएको छ।
आन्दोलनका कारण विद्यार्थीहरुले पढ्न नपाएको भन्दै परीक्षा सार्न पनि माग राख्दै आएका थिए। केही कलेजका विद्यार्थीहरुले त परीक्षा फारम समेत भरेका थिएनन्।
हेरौँ सूचना
