काठमाडौं- नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजमा देखिएको शुल्क विवाद सम्बन्धमा छानविन समिति बनाउने निर्णय गरेको छ।
काउन्सिलले मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई आर्थिक, मानसिक र विभिन्न प्रकार शोषण भइरहेको र कलेजले लिएको बढी शुल्क माग गरी आन्दोलन गर्दा भएका कुटपिटलगायतका घटनामा ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्णय गरेको हो।
काउन्सिलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै समस्याग्रस्त मेडिकल कलेजमा स्थलगत अनुुगमन गरी दोषी देखिए कारवाही गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने निर्णय गरेको जनाएको छ।
शान्तिपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीलाई कुटपीट गर्ने, बन्धक बनाउने, डर, त्रास र धम्की देखाउने लगायतका विषयमा काउन्सिलले सम्बन्धित मेडिकल कलेजका सञ्चालक, प्राचार्य र प्रकाशकीय पदाधिकारीसँग छलफल गरी कारबाही पक्रिया अगाडि बढाउन आयोग पत्राचार गर्ने निर्णय गरेको छ।
चिकित्सा शिक्षा र चिकित्सा व्यवसायसँग सम्बन्धित हरेक समस्याहरुलाई सम्बोधन गर्ने काउन्सिलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
