काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले निर्देशक खुला प्रतिष्पर्धाबाट छनोट गर्ने भएको छ। आयोगले पूर्णता पाएसँगै निर्देशक पदका आवेदन खोलेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ दफा २८को उपदफा (१) मा निर्देशनालय तथा बोर्डमा पूरा समय काम गर्न निर्देशकको व्यवस्था गरेको छ।
आयोगले सोही व्यवस्था बमोजिम आयोगले निर्देशकको लागि ऐनको उपदफा(८) बमोजिमको योग्यादा पुगेका इच्छुक व्यक्तिहरुले ५०० शब्द नबढाइ आफ्नो व्यक्तिगत सोच र बायोटाडा आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रविधिक शिक्षा शाखामा कार्तिक २१ गते भित्र पेश गर्न सूचना जारी गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन दफा (८) उपदफा (६) बमोजिमको समितिले निर्देशनालय वा बोर्डको कामसँग सम्बन्धित दक्षता र कम्तीमा पन्ध्र वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यावसायिकता भएका व्यक्तिहरुमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तिको लागि सिफारिस गर्न सक्ने उल्लेख छ।
आयोगले इच्छुकले आफ्नो व्यक्तिगत सोच र वायोडाटा [email protected] मार्फत बुझाउन सकिने जनाएको छ।
.jpg)