डडेल्धुरा - चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले सोमबारदेखि सुरु गरेको अनसनको आज दोस्रो दिन हो। डा केसीको मागका विषयमा सुदूरपश्चिम कांग्रेसले ऐक्यबद्धता जनाएको छ।
सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापती कर्णबहादुर मल्लले कार्यकर्ता सहित अनसनरत डा केसीलाई भेटेर उनको मागप्रति ऐक्यबद्धता जनाएका हुन्।
उनले सम्पुर्ण सुदूरपश्चिमबासीको स्वास्थ्यको लागी थालिएको अभियानमा सहयोग गर्न अनुरोध समेत गरेका छन्।
डा केसी डडेल्धुरा अस्पतालबाट करिब एक सय मिटरको दुरीमा रहेको एक घरको तेस्रो तलामा अनसन बसेका छन।
डा केसीले ७ बुँदे माग राखेका छन्।