काठमाडौं- अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलित मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन कलेज परिसरहुँदै सडकसम्म आइपुगेको छ।
मंगलबार मेडिकल विद्यार्थीहरुले माइतिघर मण्डलामा एप्रोनसहित प्रदर्शन गरेका छन्। माइतिघरको प्रदर्शनमा राजधानीका मेडिकल कलेजभन्दा उपत्यकाबाहिरका मेडिकल कलेजका विद्यार्थीको उपस्थिती बाक्लो थियो।
वीरगञ्ज स्थित नेसनल मेडिकल कलेज, भैरहवस्थित युनिभर्सल मेडिकल कलेज, पोखराको गण्डकी र चितवन मेडिकल कलेजका विद्यार्थीहरु आफ्ना माग सुनुवाइ नभएपछि काठमाडौं आइपुगेका हुन्।
माइतिघरको प्रदर्शनमा विद्यार्थीहरुले ‘विद्यार्थीमाथिको दमन बन्द गर, अतिरिक्त शुल्क फिर्ता गर, विद्यार्थीलाई मानसिक तनाव दिन पाइँदैन, मेडिकल माफिया मुर्दावाद, स्वास्थ्यकर्मीमाथि दमन गर्न पाइँदैन’लगायतका नारा लगाएका छन्।
प्रदर्शनमा विद्यार्थीहरुले मेडिकल कलेजका सञ्चालकहरुलाई गुन्डाको उपनाम समेत दिएका छन्। मेडिकल कलेजहरुले सरकारकै संक्षणमा गुन्डागर्दी गरिरहेको उनीहरुको आरोप छ। उनीहरुले सरकारलाई विगतमा दिएका निर्देशन तत्कालै लागू गर्न र मेडिकल कलेज सञ्चालकलाई कारबाहीको माग पनि गरेका छन्।
मेडिकल शिक्षामा विकृती भित्रिएको र विगतका माग पुरा नभएको भन्दै सोमबारबाट डडेल्धुरामा डा गोविन्द केसी आमरण अनसनमा बसेका छन्। विद्यार्थीहरुले डा केसीको जीवन रक्षा र मेडिकल क्षेत्रको सुधारको माग पनि राखेका छन्।
भिडियो
फोटो फिचर
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
यो पनि :