काठमाडौं- मेडिकल कलेजको विकृतीविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थीहरुले मेडिकल कलेजप्रति सरकार मौन बसेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
माइतिघरमा मंगलबार प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले ‘मेडिकल कलेजका विद्यार्थीमाठि बुट बजार्ने कलेजप्रति सरकार किन मौन?’ भन्दै प्रश्न गरेका छन्।
विद्यार्थीहरुले मेडिकल कलेज सञ्चालक विरुद्ध एक ढिक्का भएर लड्न काठमाडौं आएको बताएका छन्।
नेसनल मेडिकल कलेज वीरगञ्ज, चितवन मेडिकल कलेज चितवन, युनिभर्सल मेडिकल कलेज भैरहवा र गण्डकी मेडिकल कलेज पोखरालगायत विभिन्न मेडिकल कलेजका विद्यार्थीहरु मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै माइघिघर मण्डलामा विरोध जनाएका हुन्।
उनीहरुले सरकारलाई मेडिकल माफिया र भ्रष्टहरुलाई कठघरामा उभ्याउन डा. गोविन्द केसी र विद्यार्थीहरुको आन्दोलनलाई कुरेर नबस्न पनि आग्रह गरेका छन्।