काठमाडौं- नेपाल मेडिकल काउन्सिल परीक्षा समितिले कार्तिक २३ गते हुने विशेष परीक्षामा सहभागी हुने विद्यार्थीले अनलाइन फाराम भर्दा राखेको सक्कल फोटो र दस्तखत भएको प्रवेश पत्र अनिवार्य गरेको छ ।
तोकिए बमोजिम प्रवेश पत्र नभएका परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने काउन्सिलले जनाएको छ। प्रवेश पत्र प्रिन्ट गरी अनलाइन फाराम भर्दा राखेको फोटोको सक्कलै फोटो टाँसी दुबै फोटोमा पर्ने गरी दस्तखत गरी तोकिएको स्थानमा ल्याप्चे छाप र दस्तखत गरी लिइ जानुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
काउन्सिलले परीक्षा बिहान ९ बजे सुरु हुने भएपनि परीक्षार्थीलाई ७ बजे नै परीक्षा स्थलमा पुग्न आग्रह गरेको छ। कार्तिक २३ गते शनिबार नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, कलेज अफ मेडिसीन सानो भ¥याङमा हुने विशेष परीक्षा हुनेछ।
प्रवेश पत्र बाहेक फोटो सहितको परिचय पत्र पनि साथै लैजान काउन्सिलले सूचना जारी गरेको छ।
काउन्सिलले जारी गरेको सूचना
