डडेल्धुरा– डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा शान्तिपूर्ण दवाव र्याली निकालिएको छ। बिहीबार नागरिक समाजको अगुवाइमा डडेल्धुरामा र्याली निकालिएको हो।
डडेल्धुराको बसपार्कबाट निकालिएको र्याली डाक्टर केसी अनसनरत स्थलमा गएर टुङ्गिएको थियो। ‘डाक्टर गोविन्द केसीले राखेका सम्पूर्ण मागहरु पूरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथाशीघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागि निर्णय गर तथा डा केसीको जीवनको रक्षा गर’ लगायतका नारा लगाएर उनीहरु सडकमा उत्रिएका थिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।