काठमाडौं– कान्ति बाल अस्पताल र काठमाडौँ महानगरपालिकाबीच अक्सिजन प्लान्ट जडान गर्नेका लागि सम्झौता भएको छ।
अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच अस्पतालका निर्देशक डा आरपी बिच्छा र महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सो कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्झौताको कार्यन्वयन प्रभावकारी रुपमा गर्नुपर्ने बताए। उनले भुकम्पले रेड स्टिकर लागेको भवनमा कर्मचारी काम गरेको तथ्य थाहापाएपछि यसका लागि पहल गर्ने पनि आश्वासन दिए।
मेयर शाक्यले अक्सिजन प्लान्ट खरिदका लागि महानगरपलिकाले नगर सभाबाट २ करोड विनियोजन गरेको बताउँदै राम्रो गुणस्तरको अक्सिजन प्लान्ट किन्ने र अरु थप रकम आवश्यक परे महानगरपालिकाले दिने प्रतिबद्धता जनाए।
अस्पतालका निर्देशक आरपी विच्छाले अस्पतालमा दैनिक ४५–५० वटा ठूला अक्सिजन खपत हुने र वार्षिक ६३ लाखको अक्सिजन खरिद गरिने बताउँदै यो सम्झौतापछि त्यसमा वचत हुने बताए।