काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको समर्थनमा आज माइतीघर मण्डलामा नागरिक प्रदर्शन हुने भएको छ।
चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै अनसन बसेका डा केसीको समर्थनमा १२ बजे बृहत् प्रदर्शन हुने जनाइएको छ।
'१० अर्बको लुट नागरिकलाई छुट' भन्ने नारासहित नागरिकहरूले प्रदर्शन गर्ने बताइएको छ।
डा गोविन्द केसी ६ दिनदेखि ७ बुँदे माग राख्दै १७औं अनसमा छन्।