काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको समर्थनमा आज माइतीघर मण्डलामा नागरिक प्रदर्शनमा प्रदर्शनकारीहरुले विभिन्न नारा लगाएर विराेध जनाएका छन्।
'अर्बौ लुट्ने अन्सारी संरक्षण सरकारी', '१० अर्बको लुट नागरिकलाई छुट' भन्ने नारासहित नागरिकहरूले प्रदर्शन भइरहेकाे छ।
चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै अनसन बसेका डा केसीको समर्थनमा १२ बजे प्रदर्शन भएकाे हाे।
डा गोविन्द केसी ६ दिनदेखि ७ बुँदे माग राख्दै १७औं अनसमा छन्।


