काठमाडाैं- नेपाल स्वास्थ्यकर्मी संघले नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा रामजी घिमिरे र महासचिवमा दीपक भट्ट जीतको निजक पुगेका छन्।
संघको निर्वाचनमा ५७२ मत खसेको थियो। जसमध्ये ४ सय भन्दा बढी मत गणना भइसकेको छ। हालसम्मको गणनामा अध्यक्षमा घिमिरेले अर्का उम्मेद्वार ओमप्रसाद उपाध्याय भन्दा २५ मत बढी ल्याएका छन्।
यस्तै महासचिवमा भट्टले अर्का उम्मेद्वार शंकर कँडेलभन्दा ५० मत बढी ल्याएका छन्।
मतगणनाको अन्तिम परिणाम केही बेरमा आउने निश्चित भएको छ।
महिला उपाध्यक्षमा रमिला चौलागाईंको सम्भावना बढी छ भने वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साहको सम्भावना रहेको छ।
बिहान ८ बजेबाट सुरु भएको मतदान १२ बजे सकिएको थियो। मतगणना भने २ बजेपछि सुरु भएको थियो।
देशभरबाट आएका करिब ७७१ मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए।