डडेल्धुरा- डा.गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै डडेल्धुरमामा राँके जुलुस निकालिएको छ।
आइतबार डडेल्धुरा सदरमुकाम बागबजारमा नागरिक समाजको अगुवाइमा मसाल जुलुस निकालिएको हो।
केसीका समर्थकहरुले आइतबार सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाएका थिए।
सदरमुकाम क्षेत्रमा बिहान ९ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। उक्त कार्यक्रम भने उद्योग वाणिज्य संघको नेतृत्वमा गरिएको थियो।
अहिले जिल्लामा सत्याग्रहमा रहेका डा केसीको सर्मथनमा दैनिक विभिन्न कार्यक्रमहरु हुदै आएका छन्।
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा डा गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको सत्याग्रह आइतबार सातौं दिन पनि जारी छ।
७ बुँदे माग सहित आफ्नो १७ औँ अनशन थालेका उनि डडेल्धुरा अस्पतालमा भर्ना भएका छन। अनशनको पाचौँ दिनमा शरिरमा पानीको कमी भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।
डाक्टर केसीले जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनिक रहेको घरमा सोमबारदेखि १७औँ सत्याग्रह सुरु गरेका थिए।