डडेलधुरा- डा गोविन्द केसीलाई जबरजस्ती काठमाडौं ल्याउनका लागि हेलिकोप्टर डडेलधुरा पुगेको छ।
तर, स्थानीयले सरकारसँग सहमति भएर माग पूरा नभएसम्म काठमाडौं लैजान नदिने भन्दै विरोध जनाएका छन्। सोमबार डडेलधुराका स्थानीय तथा नागरिक समाजले विरोध प्रदर्शन गर्दै ७ जिल्लाको सरकारी गाडी बन्द समेत गरेका छन्। 'सहमति बिना हामी उहाँलाई काठमाडौं लैजान दिँदैनौ,' नागरिक समाज डडेलधुराका एक सदस्यले भने।
चिकित्सा शिक्षा सुधारका माग गर्दै ८ दिनदेखि डडेलधुरामा अनसन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई काठमाडौं ल्याउने तयारी थालिएको हो।
अस्पतालमा आवश्वयक अपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको हो। त्यसका लागि हेलिकोप्टर डडेल्धुरा पुगेकाे हाे।
सहमति नभएसम्म आफू काठमाडौं नजाने केसीले बताएका छन्। 'बरु डडेलधुरामै मर्छु। तर, कहीँ पनि जाँदिन,' डा केसीले भनेका छन्।
डा केसी अनसन बसेको यो १७औं पटक हो।
यो पनि :