काठमाडौं- काठमाडौं विश्व विद्यालय प्राध्यापक संघले डा गोविन्द केसीलाई पुनः १७औँ अनसन बस्न बाध्य पारिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै देशको चिकित्सा शिक्षामा रहेको बेतिथिलाई व्यवस्थित गराउने उद्देश्यमा संघ केसीसँगै रहेको उल्लेख गरेको छ।
संघले चिकित्सा शिक्षा र स्वास्थ्य डा केसीले उठाएका विषयमा विभिन्न सरकारका पालामा सम्झौता भएपनि कार्यान्वयन नगरि अनसन बस्न बाध्य पारिएको जनाएको छ।
‘विगतमा नेपाल सरकारले उहाँका मागहरु पुरा गर्ने प्रतिवद्वता जनाइसकेकोले त्यसलाई कार्यान्वयन गर्न संघ सरकारसँग माग गर्दछ,’ संघद्धारा जारी विज्ञप्ति भनिएको छ।
