काठमाडौं- नेपाल मेडिकल काउन्सिलबाट स्थायी प्रमाणपत्रका लिनका लागि चिकित्सकले आफ्नो युजर आइडी बनाइ अनलाइनबाट मात्रै दरखास्त दिन पाउने भएका छन।
यसअघि, स्थायी दर्ता प्रमाणपत्र लिन चिकित्सकले काउन्सिलमा गई लिखित रुपमा फारम भरेर दरखास्त दिन पाइने व्यवस्था थियाे। काउन्सिलले स्थायी दर्ता प्रमाणपत्रको लिन चाहने चिकित्सकले अनलाइन फारम भर्दा आफ्नो युरजरआडी बनाएर मात्र दरखास्त दिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
आफ्नै युजर आइडी बनाइन आवश्यक सबै विवरण भरेर स्थायी दर्ता प्रमाणपत्रका लागि तोकिएका सबै कागजात स्क्यान गरी अट्याच गरेर जम्मा गर्नुपर्ने काउन्सिलले जानकारी गराएको छ।
काउन्सिलले कसरी युजर आइडी बनाउने, कसरी फारम भर्नेलगायतका सबै जानकारी दिँदै सूचना जारी गरेको छ।
स्थायी प्रमाणपत्रका दरखास्त दिन युजर आइडी बनाउने तरीका र बुझाउनुपर्ने कागजातहरू
(2).jpg)
.jpg)