काठमाडौं- कलेजो प्रत्यारोपणका विषयमा चेतना फैलाउन त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपण मिनिम्याराथन हुने भएको छ।
त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिको आयोजनामा हुन लागेको उक्त म्याराथनमा नेपाली डाक्टरहरुले भाग लिन पाउने छन्। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरु सहभागि हने उक्त म्याराथन १२ किलोमिटरको हुनेछ।
म्याराथनको रुट त्रिवि शिक्षण अस्पतालदेखि बुढानिलकण्ठ हुँदै पुनः त्रिवि शिक्षण अस्पतालमा आउने रहेको छ।
म्याराथन आगामी २३ नोभेम्बर अर्थात मंसिर ७ गते शनिबार हुने छ।
कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीका अनुसार म्याराथनका लागि नाम लेखाउने कार्य सुरु भएको छ। पुरुष र महिला दुवै तर्फका विजेतलायृ पुरस्कारको व्यवस्था समेत रहेको उनले जानकारी दिए।