डडेल्धुरा- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढीस्थित सेती अञ्चल अस्पताल तर्फ लगिएको छ। डा केसीलाई डडेल्धुराबाट एम्बुलेन्समा राखेर धनगढी लगिएको डडेल्धुरा अस्पतालले जनाएको छ।
डा केसीले ९ दिनको दिन मंगलबार अनसन स्थगित गरेका थिए। कालापानीको सिमा विवादका विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा केसीले १७औं अनसन स्थगित गरेका हुन्।
अनसनका कारण उनको स्वास्थ्यमा समस्या उतपन्न भएको छ। उक्त समस्याको थप उपचारका लागि डा केसीलाई धनगढी लगिएको हो।
सेतीमा आवश्यक उपचारपछि मात्र उनी काठमाडौं फर्कने बताइएको छ।