काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको समायोजनको काम सम्पन्न गर्न अझै ६ महिना लगाउने भएको छ। समायोजनका काममा पटक पटक समस्या आएपछि मन्त्रालयले समय लिएर समस्या समाधान गर्न खोजेको हो।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार गुनासोहरु समाधान गर्दै जाँदा केही ढिला हुने देखिएको हो। उनले सबैको गुनासालाई केलाउँदै समस्या समाधान गर्नुपर्ने भएकाले समायोजनको काममा केही ढिलाई हुने बताए।
‘हामीले पहिला भदौ भित्र नै सक्ने गरी काम अगाडि बढाएका थियौँ,’ उनल भने, ‘तर काम गर्दै जाँदा समस्याहरु आउँदै गए र तिनलाई समाधान गर्दै जाँदा ढिला हुन पुगेको हो।’
उनले समयोजन सकिएकाहरुको क्रमश पदस्थापना समेत हुँदै गएको पनि जानकारी दिए। उनका अनुसार आगामि दिनमा पनि समयोजन सकिएकाहरुको पदस्थापनको सूची क्रमश सार्वजनिक गर्दै जाने जानकारी दिए।