रुपन्देही- लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा डा. राजेन्द्र खनाल नियुक्त भएका छन्।
प्रदेश नम्बर ५ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिन्टेन्डेन्टसमेत रहेका रेडियोलोजिष्ट डा. खनाललाई नियुक्त गरेको हो।
बैठकले ११औं तहका डा. खनाललाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए।
यसअघि अस्पतालमा कार्यरत मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले उमेर हदका कारण अनिवार्य अवकास लिएका छन्।