काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुलाई उपचारका क्रममा बिरामी सुरक्षाका न्यूनतम मापदण्ड पूरा गर्न अनुरोध गरेको छ।
काउन्सिलले बिरामीको उपचार गर्दा असमझदारी तथा भैझगडा हुने गरेको र त्यसलाई रोक्न उपचार गर्दा सर्जिकल चेक लिस्टको अनिवार्य प्रयोग पनि भनेकाे छ।
काउन्सिलमा दर्ता भएका चिकित्सकहरुका लागि सूचना जारी गर्दै स्थापित वैज्ञानिक मापदण्ड अनुसार प्राक्टिस गर्न समेत अनुरोध गरेको छ।
काउन्सिलको कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट को दफा ३ (डि) अनुसार ‘कुनै चिकित्सकले औषधि लेखेबापत अथवा कुनै विज्ञलाई प्रेषण(रिफर) गरेवापत थप सुविधा, कमिशन वा बोनसहरु स्विकार गर्नु’ काउन्सिलको आचारसंहिता विपरित हुने भएकाले यस्ता कार्य नगर्न नगराउन समेत चिकित्सकको ध्यानाकर्षण गराइएकोछ।
पछिल्लाे समय स्वास्थ्य सेवको क्षेत्रमा गैर व्यवसायिक आचरण वृद्धि हुँदै गएको र बिरामी रेफर गर्दा आर्थिक लाभ लिनेदिने समाचार प्रति काउन्सिलले ध्यानाकर्षण भएको समेत जनाएको छ।
उपचारसम्बन्धी गुनासो भएमा कुनै भौतिक आक्रमण नगरी कानूनी उचपारको बाटो अबलम्बन काउन्सिलमा समेत उजुरी गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

.jpg)