काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका भानुभक्त ढकालले पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कानुन मन्त्री रहेका ढकाललाई स्वास्थ्यको जिम्मेवारी दिएका थिए।
यस्तै, स्वास्थ्य मन्त्रीका रुपमा रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा सरुवा गरिएको छ।
मन्त्रालय परिवर्तन भएपछि ढकालले स्वास्थ्यमा आएर पदभार ग्रहण गरेका हुन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।