काठमाडौं- नवनियुक्त स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राजनीतिक अस्थाका आधारमा काम गराउँछु भन्ने सोच लिएर स्वास्थ्य मन्त्रालयमा नआउन आग्रह गरेका छन्।
मन्त्रालयमा पदभारत ग्रहण गरेलगत्तै मन्त्री ढकालले यो वा त्यो अस्थाका आधारमा भेदभाव नगरी सबैसँग समान ढंगले काम गर्ने बताएका हुन्। ‘राजनीतिक अस्थाका आधारमा काम लिएर आउने सोच नबनाउँदा हुन्छ,’ उनले भने, ‘हामी सबैले मिलेर समान ढंगले गुणस्तरीय काममा जोड दिने हो।’
उनले स्वास्थ्य मन्त्रालयका कर्मचारीको समायोजनको काम टुंगोमा पु¥याउन अगुवाइ गर्ने पनि बताए।
सिंहदरबार बाहिर रहेको मन्त्रालयको जटिल समस्या समाधान गर्न भनेर सरकारले आफूलाई पठाएको भन्दै उनले स्वास्थ्यका समस्या समाधान गर्न आफू निरन्तर लागिरहने पनि बताए।
‘मेरो त यहाँ सरुवा भएको हो,’ उनले भने, ‘यहाँको जटिल समस्यालाई समाधान गनुएपर्छ भनेर सरकारले पठाएको हो भन्ने रुपमा मैले बुझेको छु।’