काठमाडाैं- बढी शुल्क फिर्ताको माग गरेका नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि कलेज प्रशासनले गरेको आक्रमणकाे घटनाप्रति युवा चिकित्सक संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
संघले विज्ञप्ति निकालेर सरकारले तोकेभन्दा बढी शुल्क असुलेको र असुलेकाे शुल्क फिर्ताको माग गरेका विद्यार्थीमाथि भएकाे आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे हाे।
साथै विदेशमा मेडिकल कलेजहरुमा अध्यनरत विद्यार्थीहरूमाथि पनि आर्थिक, मानसिकलगायत विभिन्न प्रकारका शोषण हुँदै आएकाे संघले जनाएकाे छ। यी समस्या समाधानका लागि पनि संघले संगठन विस्तार गर्नु परेकाे जनाएकाे छ।
डा. अच्च्युत भट्टकाे संयोजकत्वमा युवा चिकित्सक संघ नेपालकाे केन्द्रीय समिति गठन भएकाे छ। डा. विकाश सिटौला संघकाे अध्यक्ष रहेका छन्।
