काठमाडौं- वरिष्ठ डाक्टर प्रभु जोशीको सडक दुर्घटनामा मृत्यु भएको छ। नयाँ बानेश्वरमा आइतबार बिहान गाडीले ठक्कर दिँदा डा जोशीको मृत्यु भएको हो।
बिहान मर्निङ वाकमा निस्केका ७२ वर्षिय डा जोशीलाई संसद भवनको दक्षिण गेट अगाडि गाडीले ठक्कर दिएर भागेको थियो। ठक्कर दिएर भाग्ने गाडीको खोजी भइरहेको बानेश्वर प्रहरी वृतका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए।
डा जोशी एनेस्थोसियोलोजिष्ट (बेहोस बनाउने) डाक्टर हुन्। डा जोशी हाल इसान अस्पतालमा कार्यरत छन्। यसअघि उनले त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गरेका थिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।