काठमाडौं- नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको आँखाको शल्यक्रिया गरिएको छ।
उनको डाक्टर शाश्वत ढुंगेलले शल्यक्रिया गरेका हुन्।
उनको आज तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो। डाक्टरको सल्लाहअनुसार १५ दिनसम्मको विश्राम गर्नु पर्ने भएको उनका मिडिया कोअडिनेटर रमन सिवाकोटीले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय सन्दीपको आँखामा समस्या देखिएको थियो। अस्पतालमा शल्यक्रिया गरेपछि उनी आराम गरिरहेका छन्। उनी निको हुन २ हप्ता देखि २० दिन लाग्ने सिवाकोटीले जानकारी गराए ।