काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको अस्पताल निर्देशकमा हाडजोर्नी विशेषज्ञ डा मंगल रावल नियुक्त भएका छन्।
प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले डा रावललाई मंगलबार अस्पताल निर्देशकमा नियुक्त गरेका हुन्।
प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुखका रुपमा रहेका डा रावललाई प्रतिष्ठान ऐनको दफा २५ को उपदफा १ र २ बमोजिम काम कर्तव्य र अधिकारीसहित अस्पताल निर्देशकको जिम्मेवारी दिइएको उपकुलपति डा वाग्लेले जानकारी दिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।