काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकका लागि नयाँ मिती तय भएको छ। यसअघि तय भएको मितीमा प्रधानमन्त्री बिरामी परेका कारण बैठक रोकिएको थियो।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि सिनेट बैठक रोकिएको थियो।
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि प्रतिष्ठाको सिनेटको नयाँ मिती तोकिएको हो। अब प्रतिष्ठानको सिनेट बैठक यही पुस १४ गते हुने भएको छ।
यसअघि १२ मंसिरका लागि सिनेट बैठक बोलाइएको थियो।