काठमाडौं- नेपाल नर्सिङ संघको यही पुस ९ गते निर्वाचन हुँदैछ। निर्वाचन लागि पेसागत र प्रगतिशील प्यानलले आ-आफ्नो घोषणपत्र सार्वजनिक गरिसकेक छन्।
गत सात दुवैले आफ्नो-आफ्नो घोषणपत्र एक कार्यक्रम गरी सार्वजनिक गरिसकेका छन्। संयुक्त पेसागत प्यानलकी अध्यक्ष पदकी उम्मेदवार प्रा मुना रानाले २१ बुँदे घोषणपत्र र प्रगतिशील प्यानलबाट अध्यक्ष पदकी उम्मेदवार प्रा मनकुमारी राईले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए।
दुवै पक्षको घोषणपत्रमा विशेषज्ञ नर्सलाई विशेषज्ञताको आधारमा पद सिर्जना गरी पदस्थापना गर्नेदेखि नर्सिङ योजना तथा नीति निर्माण तहमा नर्सहरुको प्रतिनिधित्व गराउन पहल गर्नेसम्मका साझा प्रतिवद्धता रहेका छन्।
यस्ता छन् दुवै प्यानलका ९ बुँदे साझा प्रतिवद्धता
१ नेपाल नर्सिङ संघको सदस्यता विस्तार गर्न आजीवन सदस्या शुल्क समायोजन गर्ने।
२ निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सको तलब अन्य सुविधा कम्तीमा सरकारी मापदण्ड बमोजिम गर्ने।
३ सरकारी, गैरसरकारी र निजी अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड बमोजिम बिरामी र नर्सको अनुपात कायम गर्ने
४ सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा जोखिममा रहेर काम गर्ने नर्सहरुका लागि जोखिम भत्ताको व्यवस्था गर्न पहल गर्ने
५ नर्सिङ योजना तथा नीति निर्माण तहमा नर्सको प्रतिनिधित्व गर्न र गराउन पहल गर्ने
६ नर्सहरुको कार्य दायरा अझ फराकिलो पार्न पहल गर्ने। जस्तै स्कल हेल्थ नर्स देशभरा पुर्याउन निरन्तरता दिनुका साथै औद्योगिक, जियाटिक नर्सको व्यवस्था गर्न पहल गर्ने
७ विशेषज्ञ नर्सलाई विशेषज्ञताको आधारमा पद सिर्जना गरी पदस्थापना गर्न पहल गर्ने।
८ न्युनतम शैक्षिक योग्यता प्राप्त गरेका र अनुभवी नर्सलाई बढुवा गर्न पहल गर्ने।
९ नर्स कार्यस्थलमा हुने हिंसाबाट बचाउनको लागि विशेष कानुन निर्माण गर्न सम्बन्धित निकायमा पहल गर्ने।