काठमाडौं- पेशागत समावेशी समुहले नेपाल चिकित्सक संघको निर्वाचनमा आफ्नो जीत भइसकेको घोषणा हुन मात्र बाँकि रहेको दावी गरेको छ।
आइतबार समुहद्वारा घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका अध्यक्षका उम्मेदवार डा पुष्पमणि खरालले आफुहरुको जित भइसकेको बताए।
९ बुँदे लामो घोषणापत्र सार्वजनिक गर्दै उनले समावेशी समुह निर्माण गर्नेक्रममा समहु निर्माणमा ढिलाई भएको भन्दै विपक्षीको समुह निर्माण तीन वर्ष अघि नै तय भइसकेको टिप्पणी गरे। उनले भने,‘हामी गैरराजनैतिक र समावेशी समुह हौँ, विपक्षी साथीहरु राजनैतिक र पुरातनबादी हुनुहुन्छ।’
पेशागत समावेशी समुहका घोषणा र प्रतिवद्धता
-सक्रिय नेतृत्व
-सदस्यतामा बृद्धि
-पेशागत सुरक्षा
-स्पेशलाईजेशन,
-पेशागत अभिबृद्धि,
-चिकित्सकको स्वास्थ्य एवं गुणस्तरीय जीवन,
-सरकारी स्वास्थ्य सेवामा सुधार र
-विविध
आठ बुँदे घोषणा पत्र पढेर सुनाएपछि अध्यक्षका उम्मेदवार खरालले अहिलेसम्मका कार्यसमितिले कुनै काम नगरेले प्रतिवद्धता र घोषणा पनि धेरै भएको जिकिर गरे।
लोकतान्त्रिक समुह र अहिलेसम्मको नेतृत्वले चिकित्सक संघको साख गिराउने काम गरे आरोप लगाउँदै उनले भने,‘संघको नेतृत्व प्रतिकृयात्मक नेतृत्व शैलीबाट चलेको देखिन्छ। अकर्मन्यता हावी भएकाले कतिपय युवा चिकित्सक पेशागत रुपमा टुहुरो महसुुस गर्दै फुटकर सघसंस्था खोल्न पुगे। संगठन प्रतिको वितृष्णाका कारण एक तिहाई चिकित्सक मात्र संघमा आवद्ध छन्’
निर्वाचनमा नेपाली कांग्रेस निकटको चिकित्सकहरुको लोकतान्त्रिक समूह र नेकपा निकट चिकित्सकहरुको प्रगतिशील समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक समूहले शुक्रबार आफ्नो पाँच बुँदे घोषणापत्र सार्वजनिक गरिसकेको छ।
संघको आँउदो माघ ४ देखि ५ गते उपत्यका बाहिरका शाखा कार्यालयहरुमा र १७ देखि २१ गतेसम्म केन्द्रिय कार्यकारिणी समितिको कार्यकालका लागि निर्वाचन हुँदैछ। मतदान बिहान ११ बजेदेखि ४ बजेसम्म हुनेछ।