काठमाडौं- बेल्जियमकी राजकुमारी एस्ट्रिड एक साता लामो भ्रमणका लागि नेपाल आउने भएकी छन्।
उनी बेल्जियमको स्वास्थ्यसम्बन्धी काम गर्ने गैर सरकारी संस्था दामियन फाउन्डेसनको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन्। उक्त संस्थाको उनी मानार्थ अध्यक्ष समेत छिन्।
नेपालमा रहँदा उनले राष्ट्रपति विद्या भण्डारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग भेटवर्ता गर्नेछिन्। एस्ट्रिड बेल्जियमका राजा फिलिपेकी कान्छि बहिनी हुन्।
कैलाली, नवलपरासी,चितवन लगायतका जिल्ला भ्रमण गर्नेछिन्। कैलालीमा उनी क्षयरोग केन्द्र उद्घाटन गर्ने समारोहमा सहभागी हुनेछिन्। त्यस्तै उनले क्षयरोगका बिरामी पनि भेट्नेछिन्। त्यस्तै नवलपरासीको मध्यबिन्दु अस्पतालको पनि उनले भ्रमण बताइएको छ।
उनको नेपाल भ्रमणले नेपाल र बेल्जियमबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ।
राजकुमारी एस्ट्रिड आफ्नो भ्रमण सकेर माघ ९ गते स्वदेश फर्किनेछिन्।