काठमाडौं– काठमाडौं मेडिकल कलेज (केएमसी)को भक्तपुर दुवाकोटस्थित शिक्षण अस्पतालमा परिसरमा ‘केएमसि मेडिको लिगल सेन्टर’ संचालनमा ल्याइने भएको छ।
मेडिकल कलेजले अगामी चैत १६ गतेदेखि उक्त सेन्टर सञ्चालनमा ल्याउने भएको हो। उक्त सेन्टर सञ्चालनका लागि कलेजलाई सरकारले माग १५ गते अनुमति दिएको थियो।
सेन्टर सञ्चालनमा ल्याउन लागेको विषयमा मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारी संस्थाबाहेक गैरसकारी क्षेत्रबाट यस्तो सेवा दिने केएमसी पहिलो संस्था भएको जनाएको छ।
विज्ञप्ति अनुसार उक्त सेन्टरबाट उमेर प्रमाणीकरण, घाउ जाँच र कुटपिट, जवरजस्ती करणी, मानसिक अवस्था, याताना जस्ता क्लिनिक मेडिको लिगल परीक्षण सहित शव परीक्षण समेत उपलब्ध हुने छ।
हेरौँ विज्ञप्ति

यो पनि