काठमाडौ– बढ्दो कोरोना संक्रमणलाई ख्याल गर्दै सर्वोच्च र काठमाडाै अदालतले कार्यालय प्रवेश गर्ने व्यक्तिको ज्वरो नाप्न थालेका छन्।
मानिसको धेरै भीडभाड हुने सर्वाेच्च अदालत र काठमाडौँ जिल्ला अदालतमा पूर्वतयारी र सतर्कता अपनाउन थालिएको जिल्ला अदालतका स्रेस्तेदार आनन्दकुमार श्रेष्ठले बताए।
कोरोना सचेतनाका लागि भित्तामा सूचनामात्रै टाँस गरिएको न्याय क्षेत्रमा अहिले कार्यालय प्रवेश गर्ने व्यक्तिको ज्वरो नाप्ने, भीडभाड नगर्न भन्दै माइकिङ गर्ने काम गरिरहेको उनले बताए। यसका साथै अस्थायी रुपमा आइसोलेसन कक्षको स्थापना पनि सर्वोच्चमा गरिएको छ।
सर्वोच्च अदालतले यसअघि नै कोरोना भाइरसको संक्रमणबाट बँच्न इजलास व्यवस्थापन गरेको थियो। तर सर्वाेच्चको भन्दा पनि धेरै भीडभाड हुने काठमाडौँ जिल्ला अदालतले ढिलो गरी सतर्कताका उपाय अपनाउन थालेको हो।
सर्वोच्चले संक्रमणबाट बँच्न भन्दै इजलासमा न्यायाधीश र इजलाश अधिकृत बस्ने ठाउँबाट कानुन व्यवसायी र आगन्तुक रहने स्थानको दूरी बढाएको थियो। काठमाडौँ जिल्ला अदालतमा दैनिक ३३ वटा इजलास बस्ने गरेका छन्। यसका कारण एकै दिन पाँच हजारभन्दा बढी व्यक्तिको आवतजावत हुन्छ।
यो पनि :