काठमाडौं- प्राडा विशेष पौडेल विश्व हेमोफिलिया मेडेरेसनको निर्देशक बोर्डको सदस्यमा नियुक्त भएका छन्। फेडेरेसनले डा पौडेलललाई निर्देशक बोर्डको मेडिकल सदस्यका रुपमा नियुक्त गरेको हो। डा पौडेलले सदस्य नियुक्तिको पत्र समेत पाइसकेका छन्।
फेडेरेसनले डा पौडेललाई सन् २०२२ मे देखि सन् २०२४ को साधार सभासम्मका लागि सदस्यमा नियुक्त गरेको हो। सदस्यका रुपमा डा पौडेलले हेमोफेलिया रोगका विषयमा फेडेरेसनले लिएका लक्ष्य अनुसार काम गर्नेछन्। फेडेरेसनले विश्वभर हेमोफेलिया रोगका विषयमा चेतना फैलाउने, यसको उपचार तथा यस रोगका बिरामीको पक्षमा काम गर्दै आइरहेको छ।
रगत रोग विशेषज्ञ डा पौडेल निजामती अस्पतालमा कार्यरत छन्।
हेमोफिलिया रगतसम्बन्धी एक रोग हो र यो आनुवंशिक हुन्छ। यो खास प्रोटिनको कमीबाट हुने रोग हो। यो रोग लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा आउने रगत बन्द हुन समय लाग्छ। अर्थात् रगत नजम्ने समस्या हुन्छ। जसका कारण शरीरबाट रगत धैरै बगिसक्छ । यसैले यो रोगबाट बिरामी मृत्युको मुखमा पनि पुग्न सक्छन्।