• शरिरलाई आवश्यकता अनुसार प्रर्याप्त आहार लिनुलाई नै पोषण भनिन्छ, जस अन्तरगत पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन पर्दछन्। हाम्रो शरिरमा राम्रो पोषणका लागि सन्तुलित आहारको आवश्यक पर्दछ।
• शक्ति दिने खाना शरिरको बृद्धि विकास गर्ने तथा रोगबाट सुरक्षा दिने खानेकुराहरु उपयुक्त मात्रामा मिलाइएको खानेकुराहरुलाई सन्नतुलित आहार भनिन्छ।
• राम्रो पोषणका लागि आवश्यक मात्रामा सन्तुलित आहारका साथै नियमित शारीरिक ब्यायम आवश्यक पर्छ तसर्थ आमा बालबालिका तथा शिशुको सु-स्वास्थ्य रोग प्रतिरोधात्मक क्षमताको विकास सरुवा रोगहरु र नसर्ने रोगहरुको जोखिम घटाउनको लागि पोषणको आवश्यकता पर्छ।
• पोषण विशेष गरेर दुई प्रकारका हुन्छन् एउटा बृहत जसलाई म्याक्रो न्युट्रिएन्ट भनिन्छ। जस अन्तरगनत कार्बोहाइड्रेट र प्रोटिन पर्दछन् भने अर्को सुक्ष्म पोषक तत्व जसलाई म्याक्रो न्युट्रिएन्ट भनिन्छ। यस अन्तरगगत पानि भिटामिन र खनिज पर्दछन् ।
• मानव शरिरमा दुवै प्रकारका पोषक तत्वको आवश्यकता पर्ने गर्दछ । बृहत् पोषकतत्व बढि मात्रामा चाहिन्छ भने सुक्ष्म पोषक तत्व नभई नहुने तर थोरै मात्रामा आवश्यक पर्छ।
- कुपोषण भनेको पोषक तत्वको न्युनता र अधिकताबाट शरिरमा देखापर्ने असामान्य अवस्था हो ।अपर्याप्त मात्रामा प्रोटिन कार्बोहाइड्रेट र अन्य सुक्ष्म पोषक तत्वको कमि एवमं पटक पटकको स्वास्थ्य संक्रमणका कारणबाट मानिसको शरिरमा देखा पर्ने असामान्य अवस्था न्युन पोषण हो भने खानपानमा असन्तुलन र निश्क्रिय जीवन शैलिका कारणले बालबालिका, किशोर-किशोरी, प्रजनन उमेरका महिला र पुरुषमा हुने अधिक तौल तथा मोटोपन अधिक पोषण हो।
- न्युन पोषणका कारणले बालबालिकामा पुड्कोपन, ख्याउटेपन, कम तौल र रक्त अल्पता जस्ता सम्या निम्त्याउने गर्दछ।
o पुड्कोपन: बालबालिकाको उमेर अनुसार हुनुपर्ने न्युनतम उचाई नहुनु हो। विश्व स्वास्थ्य संगठनको अनुसार जुन क्रममा शरिरको बृद्धि हुन पर्ने हो, त्यो नभएको अवस्थालाई पुड्कोपन भनिन्छ। यस्तो खालको न्युन पोषणलाई दीर्घ कुपोषण भनिन्छ।
o ख्याउटेपन : बालबालिकामा उचाई अनुसार तौल नहुनु हो यसलाई शिघ्र कुपोषण भनिन्छ। यो भोकमरी र कडा रोग जस्ता समस्याले उत्पन्न हुने गर्दछ।
o कम तौल : उमेर अनुसार हुनुपर्ने तौल नभएको अवस्थालाई कम तौल भनिन्छ।
नेपालमा कुपोषणको अवस्था
- नेपाल जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ५ बर्षका बालबालिकामा हुने पुड्कोपन २५ प्रतिशत कम तौल १९ प्रतिशत ८ प्रतिशत ख्याउटेपन र १ प्रतिशत मोटोपन रहेको छ।
- बालमृत्यू दरको लगभग ८५ प्रतिशत मृत्यु जन्मेको एक वर्ष भित्रै र ६७ प्रतिशत जन्मेको २८ दिन भित्र हुने गरेको पाइन्छ।
आधा भन्दा बढी कुपोषणका कारणले हुने गर्दछ। त्यसैले बालबालिकामा पोषणको अवस्था सुधार गर्न सकियो भने बालमृत्यू दरमा कमि ल्याउन सकिन्छ। जसमा ६ महिनासम्म आमाको दूध मात्र खुवाएमा र ६ महिना पूरा भएदेखि थप पूरक खाना खुवाउन सुरु गरेमा मात्र २० प्रतिशत बालमृत्यूदर घटाउँन मद्यत पुर्याउँछ यस्तै 'भिटामिन ए'को अवस्था सुधार गर्न सकिएमा पनि यसले ३४ प्रतिशत बालमृत्यूदर घटाउन मद्दत पुग्दछ। त्यसैले बालबालिकामा हुने पुड्कोपन ख्याउटेपन जन्मदै हुने कम तौल आइरनको कमीले हुने रक्तअल्पता र आयोडिनको कमिले हुने बौद्धिक क्षमतामा कमि जस्ता अवस्थालाई सुधार गर्नको लागि पोषणको आवश्कता पर्दछ।
- अझ बिशेष गरि भन्ने हो भने खानपान र उचित स्याहार सुसार राम्रोसँग नगरेमा बच्चाको मानसिक तथा शारीरिक वृद्धि बिकासमा समेत असर पर्दछ।त्यसैले हरेक परिवारमा कुनै पनि आमा गर्भवति भएको दिन देखि बच्चा २ बर्षको अवस्थालाई सुनौला एक हजार दिन भनिन्छ। खानपानमा विशेष ध्यानदिनु पर्छ ।यो अवस्था भनेको बालबालिकाको पोषण सुधारको लागि संवेदनशिल र महत्वपूर्ण पनि मानिन्छ किनकी कुनै पनि बालबालिकाको पहिलो २ बर्ष भित्र ८० प्रतिशत दिमागको बिकास हुने भएकाले।
- र अर्को कुरा कुपोषणले भविस्यमा हुन सक्ने दिर्घ रोगहरु जस्तै मधुमेह मोटोपन उच्च रक्तचाप क्यान्सर तथा छिटो बुढैलीपन हुने सम्भावना बढाउने गर्छ त्यसैले पोषणको आवश्यकता पर्दछ।
- बालबालिकामा पोषण सुधार ल्याउनका लागि किशोरावस्था देखि नै आमाको पोषण सुधार गर्न बिशेष ध्यान दिन जरुरि हुन्छ र बालबालिकाको स्याहार गर्ने अभिभावकले उनिहरुको ब्यक्तिगत सरसफाई र आप्नो ब्यक्तिगत सरसफाईमा जोड दिन आवश्यक छ जसका कारणले सरुवारोग जस्तै झाडापखाला आँउ हैजा आदिबाट हुने बालमृत्युदरलाई समेत कम गर्न सकिन्छ
- समस्या र चुनौतीहरु:
- गरिबि, भोकभरी तथा पोषकतत्वको कमी
- रोग तथा संक्रमण
- भौगोलिक निकटता।
- राजनीतिक अस्थिरता।
- संघ तथा प्रदेशबाट हुने निरन्तर अनुगमन तथा मूल्याङ्कनको अभाव।
- बालबालिकाको उचित स्याहारसुसार र पोषण सम्बन्धी अभिभावकमा ज्ञानको कमी।
- स्वास्थ्य संस्थामा हुनपर्ने बृद्धि अनुगमनको अभाव।
पोषण कार्यक्रममा बजेटको कमी।
संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यको अभाव ।
(जोशी जयपृथ्वी नगरपालिका बझाङमा क्षयरोग संयोजकका रुपमा कार्यरत छिन्)