काठमाडौं- जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन एसोसिएशन अफ नेपाल (जीपीम्यान)को आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। निर्वाचन समितिका अनुसार सबै पदहरूमा उम्मेदवारहरू निर्बिरोध रूपमा चयन भएका छन्।
निर्वाचन परिणामअनुसार अध्यक्षमा डा. विश्व राज दवाडी, वरिष्ठ उपाध्यक्षमा डा. सुरेश प्रसाद नेपाल, उपाध्यक्षमा डा. तीर्थ मान श्रेष्ठ, महासचिवमा डा. विकास गौचन, सह–सचिवमा डा. सन्तोष बास्तोला, कोषाध्यक्षमा डा. सञ्जय कुमार गुप्ता, तथा सह–कोषाध्यक्षमा डा. आरती शाह निर्वाचित भएका छन्।
त्यस्तै, डा. ऐषणा जोशी, डा. दयाराम लम्साल, डा. दिपेन्द्र तिमिल्सिना, र डा. राजीव राज थपलिया कार्यसमिति सदस्यका रूपमा सर्वसम्मत चयन भएका छन्।
निर्वाचन समितिले सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिंदै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ। समितिले संस्थाको एकता, पेशागत उन्नति र आपतकालीन स्वास्थ्य सेवामा योगदानका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेको छ।