काठमाडौं- केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा अन्तर मन्त्रालय कार्यदल (टास्कफोर्स) को पाचौं बैठक सम्पन्न भएको छ। कैदी/बन्दीका स्वास्थ्य उपचार तथा केन्द्रीय कारागार अस्पतालको सरल, सहज प्रभावकारी सेवा प्रवाहको लागि गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बीच गठित उक्त कार्यदलको बैठक कार्य दलका संयोजक कारागार व्यवस्थापन विभागका महानिर्देशकको संयोजकत्वमा बसेको थियो।
उक्त कार्यदलमा गृह मन्त्रालयका नीति, योजना, अनुगमन तथा मूल्याकंन महाशाखाका प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख र स्वास्थ्य सेवा विभागका निर्देशक सदस्य रहने तथा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट सदस्य–सचिवको भूमिकामा रहने प्रावधान छ।
बैठकमा केन्द्रीय कारागार अस्पतालका भावी प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा मनिषा रावल बुढाथोकी, काठमाडौं उपत्यकाका नख्खु,डिल्लीबजार र जगन्नाथदेवल कारागार कार्यालयका तीन वटै कारागार प्रशासकहरू तथा सुरक्षा प्रमुखहरु र प्रतिनिधिहरू आमन्त्रित सदस्यका रूपमा उपस्थित थियो।
कार्यदलका सदस्य सचिव केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश बुढाथोकीले स्वागत र परिचयात्मक मन्तव्य राख्दै कार्यदलको एजेण्डाहरु प्रस्तुत गरेका थिए।
सदस्य सचिव डा बुढाथोकीले विगतका बैठकमा उठेका र भएका छलफल तथा निर्णयहरूको बारेमा समीक्षा गर्दे प्रगति तथा निर्णय कार्यान्वयन प्रक्रियाको बारेमा जानकारी गराएका थिए। साथै,कार्यदलको चारवटै बैठकका विभिन्न प्रस्तावहरू माथि छलफल गर्दै भएका निर्णयहरु र कार्यान्वयनको चरणमा रहेको बताए। विगतमा उपलब्धिमूलक निर्णय गरि बैठकले कैदी÷बन्दीहरूको समग्र स्वास्थ्य उपचारको लागि ठोस कदम चालेको थियो।
उक्त बैठकका एजेन्डाहरुमा मुख्यतःस्वास्थ्य बिमा,रिफरल अस्पताल,संगठन संरचना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अस्पतालमा कैदी/बन्दीको उपचार, दूर चिकित्सा (टेलिमेडिसिन) प्रक्रियाद्वारा कैदी/बन्दीहरुको उपचार,सरुवा रोग नियन्त्रणको लागि क्वारेन्टिन तथा आईसोलेसन र सुधारगृह पूर्व र पश्चात तथा नियमित स्वास्थ्य परिक्षण,नियमित स्वास्थ्य शिविरको संचालन तथा मनोसामाजिक बन्दी अस्पताल नख्खुलाई तत्काल संचालनमा ल्याउने लगायतका थिए।
उक्त प्रस्तावहरू माथि गहन तथा विस्तृत छलफल पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल अस्पतालमा कैदी÷बन्दीको उपचारको लागि सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको र सम्झौता सम्पन्न गर्ने प्रक्रिया कारागार व्यवस्थापन विभागबाट भइरहेको जानकारी गराइएको थियो। मनोसामाजिक बन्दी अस्पताल नख्खुलाई पूर्ण क्षमतामा यथाशक्य छिटो संचालनमा ल्याउन आवश्यक चिकित्सक÷स्वास्थ्यकर्मीको पदपूर्ति गरि स्वतन्त्र संचालन नभएपछि केन्द्रीय कारागार अस्पताल मातहत संचालन गरिने निर्णय गरिएको थियो।
देशैभर रहेका कारागारका स्वास्थ्य इकाई तथा अस्पतालहरुमा दूर चिकित्सा प्रविधि जडान तथा संचालनको लागि स्वास्थ्य सेवा विभागलाई यथाशीघ्र पत्राचार गरि आवश्यक प्राविधिक तथा भौतिक सहयोग माग गर्ने निर्णय भएको छ।
हाल देखिएका सरुवा रोगहरु तथा कोभिड–१९,डेंगु जस्तै महामारी आइ हाले मा तयार रहन हरेक कारागारमा कम्तीमा एउटा आइसोलेसन कक्षको व्यवस्था हुनुपर्ने,जेलभित्र र बाहिर चलानी हुदा सरुवा रोगको स्क्रिनिंग गर्ने व्यवस्था मिलाउनुपर्ने, साथै,प्रमुख समस्याको रुपमा रहेका सरुवा रोग (छाला, आखा,दात,मानसिक)हरुलाई कम गर्नका लागी र भित्र नियमित स्वास्थ्य शिविर संचालनको व्यवस्था मिलाउनुपर्ने र कार्यविधिको मस्यौदामा उल्लिखित कुरालाई अनिवार्य रूपमा सम्बोधन गर्नुपर्ने निर्णय पनि भएको छ।
कार्यक्रमको समापन कार्यदल का संयोजक कारागार व्यवस्थापन विभागका निर्देशक नारायण भट्टराईले बैठकमा भएका सम्पूर्ण निर्णयका अक्षरस र यथाशक्य छिटो कार्यान्वयनमा लैजानका कारागार व्यवस्थापन विभाग र संयोजक भएको नाताले आफ्नो व्यक्तिगत तर्फबाट पनि प्रयास गरिने प्रतिबद्धता जनाए।